शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

मंगलबार, मंसिर १ २०८३

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको साविक विजेता लुम्बिनी र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा आमनेसामने हुन लागेका हुन्।

सुदूरपश्चिम लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो। यसअघिका दुवै संस्करणमा फाइनल पुगेको सुदूरपश्चिम उपविजेतामा सीमित भएको थियो। यता, लुम्बिनी गत संस्करणको उपाधि विजेता टोली हो।

आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले पनि फाइनल पुग्ने अर्को अवसर पाउनेछ। पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

इलिमिनेटरमा भोलि काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्। उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

एनपीएलको फाइनल खेल मंसिर ५ गते हुनेछ।