बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्दै

बिहिबार, कार्तिक २६ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् । प्रतियोगितामा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान पाँच खेल खेलेको पोखरा भने २ अंकसहित पुछारमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । अपराह्न ५ बजे सुरु हुने खेलमा कर्णालीलाई प्लेअफको सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ ।

पाँच खेलबाट ४ अंक जोडेको कर्णाली तालिकाको सातौँ स्थानमा छ । यता, समान खेलबाट ७ अंक जोडेको लुम्बिनी तेस्रो स्थानमा रहेको छ ।

प्लेअफ यात्रालाई बलियो बनाउन लुम्बिनी जितको खोजीमा हुनेछ भने प्रतियोगितामा आफ्नो सम्भावना जीवित राख्न कर्णालीका लागि आजको खेल निर्णायक महत्त्वको हुनेछ ।