मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

मंगलबार, कार्तिक २४ २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको संवत् भएको बताएका छन् ।

नेपाल संवत्लाई २०६५ सालमा राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भएको उल्लेख गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको स्मरण गरेका छन् ।

उनले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

साथै, नेपाल संवत् ११४७ को अवसरमा सबै नेपालीको सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् ।