काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ।