बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्दै

बिहिबार, कार्तिक १२ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे विशेष समारोह आयोजना गरी शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार समारोहमा पार्टी सभापतिबाहेक अन्य सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्।

नवनिर्वाचित सभापति गगनकुमार थापाले भने असोज ३१ गते दसैँको फूलपातीका दिन नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।

आजको शपथ ग्रहणसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा पार्टीको नेतृत्व तथा सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ।