बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बागमती प्रदेश सरकारमा सहभागी नहुने राप्रपा संसदीय दलको निर्णय

शुक्रबार, साउन २२ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ।

संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणमा हुने गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको हो।

बैठकले सरकार गठनको दौडमा समेत नरहने निर्णय गरेको संसदीय दलले जनाएको छ।

कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेका बेला उनीहरूले राप्रपासँग सहयोग मागेका थिए। तर राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरेको हो।

यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको थियो। केन्द्रको उक्त निर्णयलाई राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

राप्रपाको निर्णयसँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणका लागि आवश्यक राजनीतिक गणित थप पेचिलो बनेको छ।