बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मदन भण्डारीको जन्मजयन्तीमा ओली – प्रचण्ड र नेपालसहितका नेता एउटै मञ्चमा

आइतबार, असार १४ २०८३

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार एउटै मञ्चमा देखिने भएका छन्।

मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली र प्रचण्डसहित विभिन्न कम्युनिस्ट नेताहरू सहभागी हुने भएका हुन्।

‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा एमालेका अध्यक्ष ओली, नेकपाका संयोजक प्रचण्ड, नेकपाका सहसंयाेजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।