बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

लागुऔषधसम्बन्धी ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ : एआईजीपी पौडेल

शुक्रबार, असार १२ २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले लागुऔषधसँग सम्बन्धित ऐन तथा कानुनमा सशस्त्र प्रहरी बलको भूमिका स्पष्ट रूपमा समेटिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीको परिचालनलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था स्पष्ट हुनुपर्ने बताए ।

महानिरीक्षक पौडेलले लागुऔषध नियन्त्रण तथा रोकथाममा खटिने निकायलाई आधुनिक स्रोत–साधन उपलब्ध गराउनुपर्ने आवश्यकता पनि औँल्याए। साथै, तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर देशभरका वडा तहसम्म जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले विद्यालयका सबै तहका शैक्षिक पाठ्यक्रममा लागुऔषध दुव्र्यसन र त्यसका असरसम्बन्धी विषयलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने तथा समाजका सबै तहमा सचेतना र जागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए ।

महानिरीक्षक पौडेलले लागुऔषध नियन्त्रण प्रभावकारी बनाउन कानुनी स्पष्टता, आधुनिक स्रोत–साधन, जनचेतना र सबै निकायबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गरे ।