बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आईसीसी क्रिकेट विश्वकप लिग–२ : स्कटल्याण्ड १९४ रनमा समेटियो

सोमबार, जेष्ठ ४ २०८३

काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भएको हो।

स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाए भने माइकल लिस्कले अर्धशतकीय इनिङ खेले। यस्तै जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका बलरतर्फ ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। सन्दीप लामिछानेले तीन विकेट हात पार्दा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान एक–एक विकेट लिए।

आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान पनि बनाएका छन्।

सन्दीपले ७३ ओडीआई खेलमै १५० विकेट पूरा गर्दै अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्टको ९ वर्ष पुरानो कीर्तिमान तोडेका हुन्। स्टार्कले सन् २०१९ मा वेस्ट इन्डिजविरुद्धको खेलमा ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।