बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सन्दीप लामिछानेकाे विश्व कीर्तिमान : सर्वाधिक छिटो १५० विकेट

सोमबार, जेष्ठ ४ २०८३

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरेका छन्।

आज स्कटल्याण्डविरुद्ध जारी खेलमा २ विकेट लिँदै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। स्कटल्याण्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले आफ्नो १५०औँ विकेट पूरा गरेका थिए।

सन्दीपले ७३ ओडीआई खेलमै १५० विकेट पूरा गर्दै यो कीर्तिमान बनाएका हुन्। यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।

यो उपलब्धिसँगै सन्दीप लामिछाने विश्व क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने बलर बनेका छन्।