काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हार्दै पहिले बलिङ गर्ने भएको छ।
स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपालले अघिल्लो खेलमा अमेरिकालाई पराजित गरेको टोलीलाई नै निरन्तरता दिँदै प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन। अघिल्लो खेलमा डेब्यु गरेका इशान पाण्डे आज पनि पहिलो रोजाइमा मैदानमा उत्रिएका छन्।
स्कटल्याण्डका खेलाडी ओली जोन्सले आज एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मा डेब्यु गरेका छन्।
यसअघि नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डकवर्थ–लुइस–स्टर्न (DLS) पद्धतिमा २ रनले पराजित भएको थियो भने त्यसपछि अमेरिकाविरुद्ध ९ विकेटको सानदार जित निकालेको थियो। नेपाल अहिले जितको लयलाई निरन्तरता दिने लक्ष्यमा छ।
अंकतालिकामा नेपाल २६ खेलबाट २० अंकसहित सातौँ स्थानमा छ भने शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ३० खेलबाट ३८ अंक जोडेको छ।
स्कटल्याण्डलाई आजको खेलमा पराजित गर्न सके नेपालको अंकतालिका स्थिति सुधारिनेछ।