काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ः३० बजे सुरु हुने तालिका छ ।
आजको खेलमा वर्षा बाधक बन्न सक्ने सम्भावना रहेको छ, जसले खेल तालिकामा असर पार्न सक्छ । घरेलु टोली नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराउँदै सुखद सुरुआत गरेको थियो । यता ओमान भने यूएईसँग २५ रनले पराजित हुँदै मैदान उत्रिएको छ ।
हालसम्म लिग–२ मा नेपालले २१ खेल खेल्दा ६ जित मात्र निकाल्दै अंकतालिकाको सातौँ स्थानमा रहेको छ । ओमान भने २५ खेलबाट १३ जितसहित २९ अंक जोडेर तेस्रो स्थानमा कायम छ ।