बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रधानमन्त्री शाहले विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने

सोमबार, बैशाख ७ २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्ने भएका छन्। बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिलाई बैठकमा बोलाइएको सचिवालयले जनाएको छ। छलफलमा विश्वविद्यालय तथा प्रतिष्ठानका समसामयिक समस्या, तिनको समाधानका उपाय तथा तत्काल समाधान गर्न सकिने विषयमा विशेष विमर्श हुने बताइएको छ।

बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन्।

त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्नेछन्।

यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसमेत बैठकमा सहभागी हुने सचिवालयले जनाएको छ।