बर्दिया। बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका हजुरबुवा र नातिको मृत्यु भएको छ ।
हुलाकी राजमार्गअन्तर्गत गुलरिया नगरपालिका–५ गुलरिया बजार नजिक आइतबार बिहान करिब सवा ५ बजे बा ०३०५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा ५५ वर्षीय भूमिराज लामिछाने र उनका ६ वर्षीय नाति रियान्स खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोहलपुरमा बिरामी छोडेर फर्किएको एम्बुलेन्स बर्दियाको राजापुरतर्फ जाँदै थियो ।
पैदलयात्रीलाई ठक्कर दिएपछि भागेको एम्बुलेन्सलाई प्रहरीले कोठियाघाट नजिकैबाट नियन्त्रणमा लिएको जनाएको छ ।