बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सल्यानमा जन्ती बोकेको जिप दुर्घटनामा मृतककाे संख्या चार पुग्याे, १४ जना घाइते

आइतबार, बैशाख ६ २०८३

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका–८ का स्थानीय हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईका अनुसार उपचारका क्रममा ३० वर्षीय मनबहादुर थापाको मेहेलकुना अस्पतालमा मृत्यु भएपछि मृतक संख्या ४ पुगेको हो ।

यसअघि ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो ।

शनिबार साँझ कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती लिएर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको हो ।

उद्धारमा खटिएका वडा नम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ८ जनाको नर्सिङ होममा, २ जनाको न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई थप उपचारका लागि बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।