बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

एमाले अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली

शुक्रबार, फाल्गुन २९ २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता  मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।

उनको आज बिहान भक्तपुरको नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समययता अस्वस्थ रहँदै आएका मोहनप्रसाद ओलीलाई उपचारका लागि अस्पताल लगिएको थियो।

परिवारका अनुसार उनको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित ओली निवासमा लगिनेछ। अन्तिम संस्कार भने आजै काठमाडौंको पशुपति आर्यघाटमा  गरिने कार्यक्रम तय गरिएको छ।

जेन-जी आन्दोलनको क्रममा झापामा रहेको घरमा आगजनीपछि ओलीका पिता काठमाडौंमै थिए । चुनावी घरदैलोको क्रममा ओलीले आफूले बुवालाई घर जलाइएको थाहा नदिएको बताएका थिए ।