बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौं–दुबई विशेष उडान गर्दै नेपाल वायुसेवा निगम

बुधबार, फाल्गुन २७ २०८२

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई–काठमाडौं विशेष उडानको तयारी गरेको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण उडान प्रभावित भएपछि नेपाली यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो।

निगमले जारी गरेको सूचनाअनुसार आज राति ११ बजे काठमाडौं–दुबई उडान हुनेछ। त्यसैगरी दुबई–काठमाडौं उडान भोलि स्थानीय समयअनुसार बिहान ४ बजेर १० मिनेटमा हुने जनाएको छ।

निगमका अनुसार फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले उक्त विशेष उडान सेवा लिन सक्नेछन्। यात्रुले आफ्नो टिकट इमेलमार्फत पठाएर प्रमाणीकरण गराउन निगमले आग्रह गरेको छ।

मध्यपूर्व क्षेत्रमा बढेको तनावपछि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनमा हवाई सेवा बन्द गर्ने निर्णय भएपछि नेपाली यात्रुहरू समस्यामा परेका थिए।