बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

साफ महिला च्याम्पियनसिपः नेपाल आज भूटानसँग आमनेसामने

सोमबार, माघ १९ २०८२

कास्की । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज लिग चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् ।

आजको पहिलो खेलमा बङ्गलादेश र भारतबीच मध्यान्ह १२ बजे प्रतिस्पर्धा हुनेछ । त्यसपछि घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग सामना गर्नेछ ।

नेपाल र भूटान दुवै टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजय भोगेका छन् । नेपाल उद्घाटन खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने भूटान बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले हार्न पुगेको थियो ।

यस कारण आजको खेल दुवै टोलीका लागि निकै दबाबपूर्ण मानिएको छ । फाइनलमा पुग्ने सम्भावना कायम राख्न नेपाल र भूटानका लागि आजको खेल जित्नैपर्ने अवस्थामा छ ।

हालसम्म बङ्गलादेश र भारतले एक–एक खेल जित्दै समान तीन अङ्क जोडिसकेका छन् । प्रतियोगितामा यसपटक चार टोलीको सहभागिता रहेको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको छ, जसमा प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् ।

लिग चरण समाप्त भएपछि शीर्ष दुई टोलीबीच माघ २४ गते फाइनल खेल हुँदै उपाधिको छिनोफानो हुने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए ।