काठमाडौं । जेनजी रेड फोर्स केन्द्रिय समितिले अनलाइन डिजिटल भाषण कार्यक्रम आयोजना गर्ने भएको छ । ‘तारा मै भोट किन’ बिषयमा भाषण कार्यक्रम आयोजना गर्ने भएकोे हो । ‘तारा’ नेपाली कम्युनिष्ट पाटिको चुनाव चिन्ह हो ।
कार्यक्रममा जुन सुकै उमेर समुहले न्यूनतम ३मिनेट देखि अधिकतम ५ मिनेट सम्मको भिडियो बनाउन सकिने आयोजकले जनाएको छ । भिडियो माघ १० गते सम्म ९८१८६८५५२२मा ह्वाट्सप गर्न सकिनेछ ।
अनलाईन डिजिटल भाषण कार्यक्रमको विजेतालाई नगदसहित प्रमाणपत्रको व्यवस्था गरीएको रेड फोर्सकी केन्द्रिय संयोजक स्मृति तिम्सिनाले जनाएकी छिन् । प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार, दोश्रोलाई तिस हजार, तेश्रोलाई बिस हजार, चौथोलाई दश हजार, पाँचौलाई पाँच हजार, छैटौ हुनेलाई सिनेमाको टिकटको व्यवस्था गरीएको आयोजकले जनाएको छ।
विजेता जेनजी रेड फोर्सको आधिकारीक फेसबुक पेजमा पोस्ट गरीएको भिडियोको प्रस्तुति, लाईक, भ्युज, सेयरको आधारमा गरिनेछ ।