बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गत वर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल प्रवेश

शुक्रबार, पुष १८ २०८२

काठमाडौँ । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न मुलुकबाट आएका यी पर्यटकले नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखाएका छन्।

सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक प्रवेश गरेका थिए, तुलनात्मक रूपमा सन् २०२५ मा केही वृद्धि देखिएको हो। गत डिसेम्बर महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन्।

जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् ।

यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।