काठमाडौँ । सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली प्रहार हुँदा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली साहलाई लागेको थियो । गोली लागेर गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनामा संलग्न व्यक्तिको खोजी तथा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।