शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

इन्टरपोल रेड नोटिसमा रहेका फरार व्यक्ति युएईबाट पक्राउ, नेपाल फिर्ता

सोमबार, पुष १४ २०८२

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन्।

एनसिबीले अबुधाबी, युएईसँगको समन्वयमा पक्राउ गरेका बागलुङ नगरपालिका–२, श्रीनगर घर भएका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा आवश्यक कारबाहीका लागि आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाको अनुरोधमा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी फरार रहेका उनलाई पक्राउ गर्न इन्टरपोल महासचिवालयले २०७७ भदौ ८ गते रेड नोटिस जारी गरेको थियो।

उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।