शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

वन्यजन्तु आखेटोपहार मुद्दाका फरार कैदीबन्दी पक्राउ

बुधबार, पुष ९ २०८२

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरिएको हो । तामाङ गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका थिए ।

संरक्षित वन्यजन्तु सालकको खपटा आखेटोपहार ओसारपसार गरेको अभियोगमा गौरीशङ्कर संरक्षण क्षेत्र कार्यालय दोलखाको २०७० मङ्सिर १७ गतेको फैसलाअनुसार तामाङलाई पाँच वर्ष कैद र ६२ हजार १७५ रुपैयाँ जरिवाना तोकिएको थियो । सोही सजाय भुक्तान गर्न उनी जगन्नाथदेवल, सुन्धारा कारागारमा रहेका थिए ।

कारागारबाट भागी फरार भई लुकिछिपी बसेको अवस्थामा सीआईबीको टोलीले काठमाडौँको गोकर्णेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरेको प्रहरीले जनाएको छ ।