बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल समूह ‘बी’ मा, खेल तालिका सार्वजनिक

मंगलबार, पुष ८ २०८२

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगितामा १० राष्ट्र सहभागी हुनेछन्।

क्यानका अनुसार नेपाल समूह ‘बी’ मा परेको छ। नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो। समूह ‘बी’ मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन्।

प्रतियोगिता जनवरी १४ देखि फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ। समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, अमेरिका र पपुवा न्यूगिनी रहेका छन्। खेल मूलपानी क्रिकेट मैदान र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।

नेपालले आफ्नो पहिलो खेल जनवरी १८ मा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्स मा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष चार टोली सन् २०२६ महिला टी–२० विश्वकप मा स्थान सुरक्षित गर्नेछन्।