काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सुन्धारा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका दुई कैदीबन्दीलाई पक्राउ गरेको छ।
मानव बेचबिखन, अपहरण, शरीरबन्धक डाका र सङ्गठित अपराधका मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ–टोखा घर भएका श्यामलाल डङ्गोल र नुवाकोट–शिवपुरी घर भएका विनोद गौतमलाई ब्यूरोले नियन्त्रणमा लिएको प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
कारागारबाट फरार रहेका उनीहरू उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा खटिएको टोलीले पक्राउ गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पेस गरेको छ।