बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र आठौं स्थानमा यथावत्,  पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा

बुधबार, मंसिर २४ २०८२

काठमाडौं । आईसीसी टी-२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र आठौं स्थानमा यथावत् रहेका हुन् ।

दीपेन्द्र २०२ अंक रेटिङसहित आँठौ स्थानमा यथावत् रहेका हुन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज यथावत् छन् ।

चौथोमा भारतका हार्दिक पान्ड्या उक्लिएका छन् । पाकिस्तानका मोहम्मद नवाज र अफगानिस्तानका मोहम्मद नाबी क्रमशस् पाँचौ र छैटौं स्थानमा झरेका छन् । कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा यथावत् छन् ।