काठमाडौं । काठमाडौंमा जारी एनपीएल सिजन–२ अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रनको सम्मानजनक स्कोर बनायो।
टिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रन योगदान दिए भने इशान पाण्डेले ३८, जोश ब्राउनले २४, दिपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाए।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट रहे, उनले ३ विकेट लिए। त्यस्तै प्रतिस जीसीले २ तथा बसिर अहमदले १ विकेट आफ्नो नाममा थपे।
अब विराटनगर किंग्सले जितका लागि १४८ रनको लक्ष्य पछ्याउनेछ।