काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।
पोखराले अघिल्लो खेलको टिम संयोजनमै निरन्तरता दिएको छ भने काठमाडौँले एक परिवर्तन गरेको छ। दुबईमा आईएल टी–२० खेल्न फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेलले आजको खेल खेलेका छन्।
५ खेलमा २ जित र ३ हारसहित ४ अंक बटुलेको पोखराका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ।
यदि पोखराले आजको खेल जित्दै अन्तिम खेलमा पनि विजयी हुन सके प्लेअफमा प्रवेश गर्ने सम्भावना बलियो बन्नेछ।
तर आज पराजित भएमा पोखरा अधिकतम ६ अंकसम्म मात्र पुग्न सक्ने भएकाले प्लेअफको लक्ष्य चुनौतीपूर्ण बन्नेछ।