काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ।
टीयु क्रिकेट मैदानमा कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका हुन्।
साविक विजेता जनकपुर बोल्ट्स हालसम्म एक खेलमा पनि जीत निकाल्न नसकेर अंक तालिकाको पुछारमा रहेको छ। भने चितवन राइनोज चार खेलबाट दुई जितसहित चौथो स्थानमा छन्।