काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलले टस जित्दै पोखरा एभेन्जर्सलाई सुरुमा ब्याटिङका लागि आमन्त्रण गरेका हुन्।
सुरुवाती दुई खेलमा लगातार पराजित भएको पोखरा एभेन्जर्सले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लयमा फर्किएको संकेत दिएको छ। अर्काेतर्फ, लुम्बिनी लायन्सले पहिलो खेलमा जित निकाले पनि त्यसपछि तीन खेलमा लगातार हार व्यहोर्दै दवाबमा परेको छ। आजको खेल लुम्बिनीका लागि हारको सिलसिला तोड्ने अवसरका रूपमा हेरिएको छ।
दुवै टोलीको समान २ अंक रहेको छ। तर, लुम्बिनीले चार खेल खेलेको छ भने पोखराले तीन खेल मात्र खेलेको छ। आजको भिडन्तले अंकतालिकामा दुवै टोलीको स्थिति असर पार्नेछ।