बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्धारा सम्मानित

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा सम्मानित भएको छ । हालै आयोजित लिडरसीप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा एक्सीलेन्स इन कर्मसियल कार्ड बिजनेस अवार्ड प्राप्त गरेको छ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।