बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनपिएल क्रिकेट: चितवनले टस जितेर बलिङ रोज्यो

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्ने भएका छन्।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थान कायम गरेको छ। आजको खेल जितेर चितवनले प्लेअफको बाटो फराकिलो बनाउन खोज्नेछ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँले चार खेलमध्ये दुईमा जीत हासिल गरेको छ। आजको खेल हारिए काठमाडौँका लागि प्लेअफमा पुग्न चुनौतीपूर्ण हुने देखिन्छ।

यसैगरी, आजै दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स मैदानमा उत्रनेछन्।