बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनपीएलमा आज विराटनगर र चितवन राइनोजबीच भिडन्त

बुधबार, मंसिर १० २०८२

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एन्पिएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुने भएका छन्। त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजेबाट खेल सुरु हुने छ।

विराटनगरले लिगमा लगातार तीन खेल जित्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ। उसले ६ अंक बटुलेर अंकतालिकाको दोस्रो स्थान जोगाइराखेको छ।

उता, चितवन राइनोजले खेलेका खेलमध्ये एक खेलमा मात्र जित हात पारेको छ। तालिकाको पाँचौँ स्थानमा रहेका चितवनले आजको खेलमा जित निकाल्दै अंकतालिकामा उक्लिने अवसर उपयोग गर्नु पर्नेछ।