शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सर्वोच्चमा आगजनी गर्ने पाँच जना पक्राउ

मंगलबार, मंसिर ९ २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेका छन्। एक जनाको पहिचान भने प्रहरीले खुलाएको छैन।

प्रवक्ता भट्टराईले अदालतमा आगजनी गर्ने अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेको बताउँदै उनीहरूलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने जानकारी दिए। सर्वोच्च अदालतले आगजनी तथा तोडफोड घटनाको छानबिन गरी कारबाहीका लागि परिसरमा जाहेरी दिएको थियो।