शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एनआईएमबी एस क्यापिटलद्धारा चितवनमा क्रेडिट रेटिङ कार्यक्रम सम्पन्न

सोमबार, मंसिर ८ २०८२

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा रोड टु आईपिओ एण्ड क्रेडिट रेटिङ कार्यक्रम सम्पन्न भएको छ । गत मंसिर ५ गते नेप्लीज योंग इन्रप्रिनिर्यस फोरम (एनवाईईई) को आयोजनामा रोड टु आईपिओ एण्ड क्रेडिट रेटिङ वर्कटस सम्पन्न भएको हो । उद्यमी व्यवसायहरूलाई शेयर निष्कासन (आईपीओ) प्रक्रिया तथा क्रेडिट रेटिङबारे मार्गदर्शन दिने उद्देश्यका साथै सर्वसाधारणहरुमा वित्तिय साक्षरता अभिवृद्धि गने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो।

एनवाईईई चितवनका अध्यक्ष तथा एफसिए निशान पौडेलले अतिथिहरूलाई स्वागत गरेका थिए । उनले नयाँ उद्यमीका लागि क्षमता अभिवृद्धि कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए।

एनआईएमबी एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुँगानाले आईपीओका लागि रणनीतिक योजना सम्बन्धी महत्वपूर्ण वर्कसप सञ्चालन गरेका थिए । कम्पनीहरूले आईपीओका लागि कसरी तयारी गर्ने, सूचीकरणका लागि उचित योजना किन आवश्यक पर्छ, नेपालको वर्तमान आईपीओ बजार अवस्था र उद्यमीहरूले प्रायः गर्ने सामान्य गल्तीहरूबारे विस्तृत जानकारी गराएका थिए।

पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका लागि कानुनी पक्षहरूको विस्तारमा प्रकाश पार्नुभयो । सार्वजनिक निष्कासनतर्फ अघि बढ्दा कम्पनीहरूले बुझ्नैपर्ने प्रमुख कानुनी प्रावधान, नियामकीय प्रक्रिया र अनिवार्य अनुपालनाका उपायहरूबारे स्पष्ट पारे।

यसैगरी, केयर एज रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले क्रेडिट रेटिङको दृष्टिकोणबारे आफ्नो प्रस्तुती दिएका थिए । कम्पनीको वित्तीय सबलता र सुशासन अभ्यासले क्रेडिट रेटिङमा कसरी ठूलो प्रभाव पर्छ र लगानीकर्ताको विश्वास तथा बजार धारणाबारे धारणा राखेका थिए । चितवनका उद्यमीहरूले यस कार्यक्रमबाट लाभ लिएको आयोजकले जनाएको छ।