शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रौतहटमा स्वचालित हतियारसहित युवक पक्राउ

आइतबार, मंसिर ७ २०८२

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट सशस्त्र प्रहरीले स्वचालित हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।

शनिबार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी गुणबहादुर आचार्यका २२ वर्षीय छोरा सुमन आचार्यलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको सशस्त्र सुरक्षा बेस सन्तपुरका प्रमुख डिएसपी राजेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

आचार्यको साथबाट CF-98–9 मोडेलको पेस्तोल र त्यसको म्यागजिन, एक थान इटालियन पेस्तोल र सोको म्यागजिन, १३ राउन्ड गोली तथा एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका आचार्यमाथि हातहतियार तथा खरखजाना ऐनअनुसार आवश्यक कानूनी कारबाही अघि बढाइने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रुपा लाबुङले बताइन्।