बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

आइतबार, कार्तिक २३ २०८२

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक २३ गते बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

 

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृतपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ।