शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुपर सिक्सेसमा नेपाल यूएईसँग ४३ रनले पराजित

आइतबार, कार्तिक २३ २०८२

काठमाडौँ । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ।

आइतबार सम्पन्न खेलमा यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ६ ओभरमा ४ विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सक्यो।

नेपालका लागि आदिल आलामले ३२ रन योगदान दिए भने सन्दीप जोराले ३१ रन नटआउट रहँदै पारी सम्हाले। तर अन्य खेलाडीहरू रन बनाउन असफल हुँदा नेपाल पराजित हुन बाध्य भयो।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा ४ विकेटको क्षतिमा १२९ रन जोडेको थियो। यूएईका निलांश केसवानीले १५ बलमा ७३ रनको विस्फोटक पारी खेलेका थिए, जसमा १० छक्का र ३ चौका सामेल थिए।

नेपालका बलर राशिद खानले दुई विकेट लिए भने लोकेश बम र रुपेश सिंहले एक–एक विकेट हात पारे।

यससँगै नेपालले हङकङ सिक्सेसमा खेलेका पाँच खेलमध्ये चारमा हार बेहोरेको छ। नेपालले शनिबार भारतविरुद्ध जित हासिल गरे पनि अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको हो।