बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

विश्वकप लिग–२ : नेपालविरुद्ध युएईले पहिला बलिङ गर्ने

बुधबार, कार्तिक १९ २०८२

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच अन्तिम खेल हुँदैछ।

यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार, बिहान ११:१५ बजे शुरू हुनेछ ।

सिरिजमा सहभागी अमेरिका, नेपाल र युएईबीच यो अन्तिम खेल हो। यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन्। नेपालले सबै खेलमा पराजित भएको छ भने युएईले एक खेलमा विजयी हासिल गरेको छ।

लगातार तीन हारपछि १९ खेलमा १२ अंकसहित सातौँ स्थानमा रहेको नेपालका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ। यद्यपि, जितले अंकतालिकामा ठूलो परिवर्तन ल्याउने छैन, तर सिरिजको सुखद अन्त्यको रूपमा रहने अपेक्षा छ।

नेपाली टोलीमा खेल्ने खेलाडीहरू यस प्रकार छन्: रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी।