काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न दर्जाका १८ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आइ गैरहाजिर हुनुको चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ।
आज प्रकाशित सूचनाअनुसार, ती कर्मचारीहरू विभिन्न मितिदेखि कार्यालयमा स्वयं–अनधिकार गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको उल्लेख गरिएको छ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस भइसकेको भएतापनि उनीहरूले हालसम्म सम्पर्क नगरेको बताइएको छ।
सूचनामा निर्देशित समयमा हाजिर नभए उनीहरूको सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ।
