धादिङ । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग वादविवाद गर्दै भाइरल बनेका युवा यमबहादुर कँडेलले आफ्नी ५५ वर्षिया आमा राममाया कँडेलको वीभत्स हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरी निवासी ३० वर्षीय यमबहादुरलाई प्रहरीले आमाको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार, “यमबहादुरले आइतबार राति धारिलो हतियार (खुँडा) प्रयोग गरी आमाको हत्या गरेका छन्। घटनास्थलबाट हतियारसहित उनलाई पक्राउ गरिएको छ।”
यमबहादुर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला प्रहरीसँग वादविवाद गरिरहेको भिडियोका कारण भाइरल भएका थिए। उक्त भिडिओमा उनले प्रहरीलाई उद्देश गर्दै भनेका थिए -“मेरो आँखामा डर छ? हेर्नुस् म डराएको छु? मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिनँ।”
स्थानीयवासी र प्रहरीका अनुसार घटनाले पूरा गाउँलाई स्तब्ध बनाएको छ। हाल प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।