बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मलेसियाविरुद्ध दोस्रो खेल खेल्दै नेपाली महिला क्रिकेट टाेली

शनिबार, असोज १८ २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग टी–२० सिरिजको दोस्रो खेल आज खेल्दैछ।

बिहीबार सम्पन्न पहिलो खेलमा तीन रनले पराजित भएको नेपाल शनिबार दोस्रो खेलका लागि मैदान उत्रिँदैछ।

नेपाल र मलेसियाबीचको दोस्रो खेल नेपाली समय अनुसार बिहान १०ः१५ बजे मलेसियाको बायुमास ओभल मैदानमा सुरु हुनेछ। सोही मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा पाँच विकेट गुमाएर १०१ रनमै रोकिँदा तीन रनले हार भोगेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले मलेसियासँग पाँच अन्तर्राष्ट्रिय खेल खेल्नेछ। बाँकी तीन खेल असोज १९, २१ र २२ गते हुने तय भएको छ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीले सिरिजअघि मलेसियामा अभ्यास खेल पनि खेलेको थियो।