शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विद्याको सम्पर्क कार्यालय उद्घाटनमा एमाले वरिष्ठ नेताहरु सहभागी

बिहिबार, भाद्र ५ २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेकी छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित थापा गाउँमा कार्यालयको स्थापना गरिएको हो ।

‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन मदन पत्नी विद्याले गरिन् ।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सरिता न्यौपाने, बाबुराम गौतम, कृष्ण प्रसाद दाहालसहितका केन्द्रिय सदस्य उपस्थित भएका छन् ।

त्यस्तै बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, काठमाडौं अध्यक्ष दिपक निरौला, पूर्वमन्त्री महेन्द्र पाण्डेलगायत नेताहरू पुगेका छन् ।