शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टप इन्ड टी–२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियाे १७६ रनको लक्ष्य

सोमबार, भाद्र २ २०८२

काठमाडौं । टप इन्ड टी–२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्सले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ।

डार्विनस्थित टीआईओ स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७५ रन जोड्यो।

मेलबर्नका लागि थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले उत्कृष्ट अर्धशतक प्रहार गरे। रोजर्सले ४६ बलमा ६५ रन बनाउँदा म्याकडोनाल्डले ४७ बलमा ७४ रनको योगदान दिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिँदा सोमपाल कामी र साहब आलमले एक–एक विकेट हात पारे।

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । चार ओभरको खेल सकिँदा नेपालले दुई विकेटको क्षतिमा ३५ रन जोडेको छ ।