काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज निर्णायक खेलमा उत्तर कोरियासँग प्रतिस्पर्धा गर्ने भएको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको छ। यसअघि नेपालले भुटानसँग बराबरी र साउदी अरबमाथि १–० को जित दर्ता गर्दै दुई खेलबाट ४ अंक हासिल गरेको छ र समूहको शीर्ष स्थानमा उक्लिएको छ।
उत्तर कोरिया भने अत्यन्त बलियो प्रदर्शन गर्दै आएको छ। उसले पहिलो खेलमा साउदी अरबलाई १५–० ले र दोस्रो खेलमा भुटानलाई १०–१ ले पराजित गर्दै नेपालसँग भिड्न आएको हो।
समूह अवस्था अनुसार, उत्तर कोरियाले आज नेपालसँग बराबरी गरे मात्र पनि एसियन कपमा छनोट हुनेछ, जबकि नेपाललाई भने जित अनिवार्य छ। यसैले आजको खेल नेपालका लागि ‘कर वा मर’ को अवस्थामा रहनेछ।