आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै

शुक्रबार, साउन ९ २०८२

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पत्रकार सम्मेलन आयोजना गर्दैछिन् ।

उनले बानेश्वरस्थित कार्की बैंकेटमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ।

त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले आज गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

भण्डारीले आफ्नो आगामी यात्राबारे पनि आज प्रस्ट पार्ने उनको सचिवालयले जनाएको छ । यसअघि उनले आफू राजनीतिमा आइसकेकोले पछि नहट्ने प्रतिक्रिया दिँदै आएकी थिइन् ।