काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।
खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६/१ गोलअन्तरले हराएको थियो । त्यस्तै बंगलादेशले पनि श्रीलंकामाथि ९/१ को फराकिलो जित निकालेको थियो ।
नेपालले बंगलादेशलाई हराएर अघिल्लो संस्करणको फाइनल हारको समेत बदला लिँदै दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछ ।
पछिल्लो समय बंगलादेशले सिनियरदेखि उमेर समूहमा उल्लेख्य प्रगति गर्दै आएको छ ।