शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एसीसी मेन्स यू-१६ इस्ट जोन : भुटानमाथि नेपालको फराकिलो जित

मंगलबार, असार १७ २०८२

काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ ।

नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२।४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो ।

रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो । यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू(१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए ।

समूह ए मा नेपालको ४ खेलमा ८ अंक भएको छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल अब सेमिफाइनलमा मलेसियासँग खेल्नेछ ।