शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एसिसी यु–१६ : सिङ्गापुरमाथि नेपालको ६ विकेटको सहज जित

आइतबार, असार ८ २०८२

काठमाडौं । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुरले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनाएको थियो ।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाए । उनले ९१ बलमा अर्धशतक पुरा गरेका थिए । उनी ५५ बलमा अविजित रहे ।

सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।