काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो उपाधि जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले पञ्जाब किंग्स रलाई ६ रनले हराएको हो। १९१ रनको लक्ष्य पछ्याउँदै गरेको पञ्वाबद १८४ रनमै समेटियो। उपाधि जितेपछि विराट कोहली मैदानमै रोएका छन् ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९१ रनको लक्ष्य पछ्याउँदै रहेको पञ्जाब किंग्स १८४ रनमै रोकियो। बेंगलुरूका तर्फबाट विराट कोहलीले ३५ बलमा ४३ रन बनाए।
पञ्जाबका जितेश शर्माले तीव्र ब्याटिङ गर्दै २४० स्ट्राइक रेटमा १० बलमा २४ रन जोडे । बेंगलोरका क्रुणाल पाण्ड्याले १७ रन दिँदै २ विकेट लिए । भुवनेश्वर कुमारले पनि २ विकेट लिए ।
आईपीएलको उपाधि जितेसँगै आरसीबीले पुरस्कार स्वरुप २० करोड भारु प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको पंजाब किंग्सले १३ करोड भारु प्राप्त गरेको छ ।
१८औं संस्करणका अवार्ड विजेता
विजेता टोली : रोयल च्यालेन्जर्स बेंगलुरु (२० करोड भारतीय रुपैयाँ र शिल्ड)
उपविजेता टोली : पञ्जाब किङ्स (१२ करोड ५० लाख भारतीय रुपैयाँ र शिल्ड)
आईपीएल ‘प्लेयर अफ द टूर्नामेन्ट’ : साई सुदर्शन (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
सुपर स्ट्राइकर अफ द सिजन : बेम्बा सूर्यकुमार (टाटा कार र ट्रफी)
सर्वाधिक विकेट लिने बलर (पर्पल क्याप) : प्रसिद्ध कृष्णा (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
सर्वाधिक रन बनाउने ब्याट्सम्यान (अरेन्ज क्याप) : साई सुदर्शन (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
सुपर सिक्सर अफ द टूर्नामेन्ट : निकोलस पुरन (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
गेम चेन्जर अफ द सिजन : साई सुदर्शन (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
मिस्ट्री बॉलर अफ द सिजन : हर्षल पटेल (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
पावरप्ले अफ द सिजन : कमिन्स म्याडिसन (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
फेयर प्ले अवार्ड चेन्नई सुपर : किङ्स (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
सर्वश्रेष्ठ थ्रौब्याक प्लेयर अफ द सिजन : सूर्यकुमार यादव (१० लाख भारतीय रुपैयाँ र ट्रफी)